Aayo Mail : खबरको निधो
खबर
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट : मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट : मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएकाे मलेसिया १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।  आयोमेल संवाददाता