सृजना घिमिरे र दिनेश गोले
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बिहीबार बिहान तीन बुँदे सहमति भयो। यो सहमतिले हिंसात्मक राजनीतिको बाटोमा रहेको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने सरकारी पक्षको दाबी छ।
आफैंले लगाएको प्रतिबन्ध हटाउँदै सरकारले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनुलाई दलहरुले पनि सकारात्मक रुपमा लिएका छन् । तर आम जनता भने यो सहमति स्थायी हुनेमा शंका गर्छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीलाई देखाइदिनकै लागि विप्लव समूहसँग सहमति गरेको उनीहरुको जिकिर छ । सरकार र विप्लव समूहको सहमतिको विषयलाई लिएर आयोमेलले केही सर्वसाधारणको विचार लिएको छः
हेरौंः