नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीसँगै नेकपा फुटको कलहले राजनीतिक सीमा–संहिता नाघेर घोर व्यक्तिगत वैमनस्य र प्रतिशोधको तह छोएको छ।
शीर्ष नेताहरूबीचै एक-अर्कालाई कुनै पनि हदको गालीगलाेज बाँकी नराख्ने प्रतिस्पर्धा चलिरहँदा राष्ट्रपति पदमा आसिन व्यक्तिमाथि प्रश्न उठाइनुलाई चाहिँ असह्य मुकरर गरिएको छ, यो गिरफ्तारीमार्फत्।
रिस र इवीलाई जिब्रोको टुप्पामा राखेर देश दौडाहामा निस्केका ओलीले यस प्रकरणसँगै अब राजनीतिक प्रतिशोध सुरक्षा निकायको प्रयोगबाट हुनेछ भन्ने पनि सन्देश दिन खोजेका छन्। संसद पुनर्स्थापना विषय अदालतमा विचाराधीन र दलहरू सडकमै लीन वर्तमान अवस्थामा सरकारले धरपकडको यो तहको हर्कत सुरु गर्नुले देश अब निर्णायक द्वन्द्वतर्फ मोडिएको संकेत गर्छ। जसको अन्तर्यमा ओलीराजको नजिकिँदो अन्त्य द्रष्टव्य छ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७