भारतीय चर्चित रियालिटी सो बिग बोसको १४ औं सिजनको उपाधि रुविना दिलैकले जितेकी छिन्। उनले ट्रफीसहित भारतीय ३६ लाख प्राप्त गरेकी छिन्।
१३८ दिन लामो प्रतिक्षापछि आइतबार राति भएको फाइनल कार्यक्रममा सञ्चालक तथा बलिउड नायक सलमान खानले विजेता घोषणा गरेका हुन्। सो को सुरुवातमा १२ जना रहेपनि अन्तिम चरणका लागि पाँचजना छानिएका थिए।
रुविनाले यसअघि भारतीय सिरियल ‘छोटी बहु’मा अभिनय गरिसकेकी छिन्। आगामी आठ महिनाभित्र अर्को सिजन लिएर उपस्थित हुने सलमानले घोषणा पनि गरेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७