ख्वप सर्कलअन्तर्गत तीन कलेजले कोरोना संक्रमण कोषमा सात लाखभन्दा बढी रकम जम्मा गरेका छौं। ख्वप मावि, ख्व्प कलेज र शारदा क्याम्पस माविले संयुक्त रूपमा ७ लाख ३६ हजार ३ सय ९२ रुपैयाँं जम्मा गरिएको हो। तीनवटै शैक्षिक संस्था एकैस्थान भक्तपुर नगरपालिका-६ चाँंगुरोड दोकाचामा अवस्थित छन्।
नेपाल सरकारले जारी गरेको निर्देशनअनुसार संस्थामा कार्यरत शिक्षक र कर्मचारीको असार महिनाको मासिक पारिश्रमिकमा पारिश्रमिक कट्टा हुनेगरी कोरोना संक्रमण कोषमा रकम जम्मा गरिएको हो।
सहप्राध्यापकको ७ दिन, उपप्रध्यापक, पूर्णकालीन बी शिक्षक र अधिकृतस्तरका कर्मचारीको ५ दिन, पूर्णकालीन सी र मासिक आधारका शिक्षकको ३ दिन र सहायकस्तर तथा श्रेणीविहीन कर्मचारीको ३ दिनबराबरको पारिश्रमिक जम्मा गरेका हौं।
कलेजका प्राचार्य रुपक जोशीले अगाडिका दिनमा जस्तै यो पटक कोरोना कोषका लागि शिक्षकहरूले योगदान गरेको बताउनुभयो। यसअघि पनि विभिन्न समस्यामा कलेजका शिक्षक कर्मचारीले यसरी नै सहयोग गर्दै आउनुभएको थियो।
‘तहअनुसार मर्का नहुने गरी ३ देखि ७ दिनसम्म तलब कट्टा गरेका हौं,’ प्राचार्य जोशीले भन्नुभयो। मासिक पारिश्रमिक नभई क्लासका आधारमा पारिश्रमिक पाइने शिक्षकको भने अहिले पारिश्रमिक कट्टा नगरिएको उहाँले जानकारी गराउनुभयो।
ख्वप कलेजका १ सय ६१ शिक्षक र कर्मचारीबाट ५ लाख ३ हजार ९ सय ४ रुपैयाँ, ख्वप कलेजका ८२ शिक्षक र कर्मचारीबाट २ लाख २५ हजार ७ सय ५८ र शारदा क्याम्पस उच्चमाविको शिक्षकबाट ६ हजार ७ सय ३० गरी कुल ७ लाख ३६ हजार ३ सय ९२ रुपैयाँं कोषमा जम्मा गरिएको हो।
ख्वप माविमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंचवटै संकायमा कक्षा ११ र १२ को पढाइ हुन्छ। पाँंचवटै संकायमा पढाइ हुने सम्भवतः यो भक्तपुरको एउटै मात्रै मावि हो।
ख्वप कलेजमा पनि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रमा स्नातकदेखि स्नातकोत्तर तहसम्म पढाइ हुन्छ। शारदा क्याम्पसमा माविमा पनि ११ र १२ देखि मास्टर्स तहसम्म अध्यापन गराइन्छ। यी कलेजमा देशभरिका विद्यार्थी अध्ययनरत छन्।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७