गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउन्डेसन) झापाले ट्राफिक प्रहरीलाई ज्याकेट वितरण गरेको छ।
३८ औं विपी स्मृति दिवसको अवसर पारेर फाउन्डेसनले मंगलबार झापाको दमकमा ५० वटा ज्याकेट वितरण गरेकाे हाे।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले विपीको विचार अहिले पनि सान्दभिर्क भएको बताइन् । उनले वीपीको विचार पार्टी मात्र नभएर देशको समृद्धिका लागि नै प्रेरणादायी भएकोमा जोड दिइन्।
पूर्वकृषि राज्यमन्त्री समेत रहेकी कांग्रेस नेतृ प्रसाईंले विपीको मार्गमा देश लैजान आवश्यक भएको बताइन्।
पार्टीका जिल्ला तथा स्थानीय नेताको बाक्लो उपस्थिति रहेको थियाे।
(न्याैपाने फाउन्डेसनका अध्यक्ष हुन्)
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७