तीन साता निषेधाज्ञा बेहोरिसकेको छ राजधानीले।
चार महिने देशव्यापी ‘लकडाउन’ मा साधारण खर्चले नै पिरोलिएको सरकार यतिबेला मस्त छ।
कर उठाउन जनता थुन्ने काम केही दिन रोक्ने कार्यशैली यसबेला उसले राम्रैगरी सिकेको देखिन्छ।
सर्वसाधारण, मजदुरवर्गलाई छाक जोहो गर्न दिनदिनै झन् कठिन हुँदै गइरहँदा सरकार चाहिँ कोरोना महामारीको ठाँट बेला–बेला खोलेर उठ्तीपुठ्ती गर्न उद्यत देखियो।
खोलेर लिनुपर्ने जति लिने, बन्द गरेर गर्नुपर्ने दायित्वबाट उम्कने यो काइदा ‘कहिँ नभएको जात्रा हाडीगाउँमा’ भनेजस्तै छ।
दोस्रो चरणको निषेधाज्ञाभर महामारी नियन्त्रणमा गर्नुपर्ने तयारी र व्यवस्थापनको बाटो झनै शिथिल देखिन्छ।
सिडिओको जिम्मा लगाएर केन्द्र आराम फर्माइरहेको छ।
यस्तोमा आफू जोगिने उपायबाहेक जनतासँग अन्य विकल्प छैन।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७