बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर घटाएर न्यून विन्दूमा पु-याउन थालेपछि नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन दिएको छ।
राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा पश्चात आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक गुणाकर भट्टले मुद्दती निक्षेप र बचतको ब्याजदर ५ प्रतिशतभन्दा फरक पार्न नपाइने नीति ल्याइएको जानकारी दिएका हन्। यो कर बाहेक हो।
‘अब बैंक तथा वित्तीय संस्थाले मुद्दती र बचतको ब्याजदर कर बाहेक ५ प्रतिशतभन्दा फरक पार्न पाउँदैनन्,’ उनले भने, ‘निक्षेपमा आश्रित उपभोक्तालाई असर नहोस् भनेर यो व्यवस्था गरिएको हो।’
कयौं बैंकले मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज दिए पनि बचतको ब्याजदर डेढ प्रतिशतसम्म झारेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७