दया फाउन्डेसनले आयोजना गर्न लागेको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ को मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड बनेको छ।
प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राशी रहेको यो कन्टेस्ट सांगीतिक प्रतिस्प्रधा हो। यस कार्यक्रममा १५ देखि २८ वर्षसम्मका युवा सहभागी हुन पाउनेछन्।
इच्छुक प्रतियोगीले मोबाइल एप्लिकेशन जस्तै स्टारमेकर, स्म्युल वा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाइएको गीत (अधिकतम पाँच मिनेट सम्मको) ‘युथ म्युजिक कन्टेस्ट २०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ।
प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन्। यद्यपी नेपालका मौलिक भाषामा गाइएका गीत प्राथमिकतामा पर्नेछन्।
पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नु पर्नेछ। निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीको छनोट गरिनेछ। ती २१ प्रतिस्पर्धीले दोस्रो चरणको गीत जनवरी १८ तारिकसम्म अपलोड गरिसक्नुपर्नेछ।
अन्तिम चरणमा ‘युथ म्युजिक कन्टेस्ट २०२१’ का विजेता घोषणा ७० प्रतिशत ‘युथ म्युजिक कन्टेस्ट २०२१’ को फेसबुक ग्रुप मार्फत प्राप्त लाइकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७