बलिउड अभिनेत्री दीपिका पादुकोणको जन्म १९८६ जनवरी ५ मा भएको थियो। दीपिका आज आफ्नो ३५औं जन्मदिन मनाइरहेकी छिन्। दीपिकाको जन्म डेनमार्को राजधानी पोपनहेगनमा भएको हो।
उनका बुवा प्रकाश पादुकोण राम्रा ब्याडमिन्टर खेलाडि हुन्। र, उनकी आमा उज्वला पादुकोण एक ट्राभल एजेन्ट थिइन्।
दीपिका एक वर्षकी हुँदा उनको परिवार बेग्लोर आएको थियो। र, उनको पढाइलेखाई त्यही भएको थियो।
दीपिकाको जीवन फिल्ममा मात्र नभएर पर्सनल जीवनमा पनि सधै चर्चामा रह्यो। दीपिका आजभोली खुशीसँगै बैवाहिक जीवन विताइरहेकी छिन्।
तर, एक समय दीपिका प्रेममा थिइन्। सम्बन्धमा धोका पाउँदा उनी डिप्रेशनमा गएकी थिइन्। दीपिकाले एक अन्तर्वार्ताका क्रममा यस बारे खुलासा गरेकी थिइन्।
दीपिकाले २०१८ मा अभिनेता रणवीर सिंह बिवाह गरेकी थिइन्। रणवीरसँग बिहेभन्दा पहिले धेरै वर्ष डेट गरिन्। रणवीर सिंहसँगभन्दा पहिले दीपिकाको प्रेम रणबीर कपुरसँग पनि थियो।
यो जोडिको कुनै बेला बिवाहसम्म हुने हल्ला चल्थ्यो। तर, समयसँगै यो जोडि अलगिन पुग्यो। दीपिकाले केही समय पहिले आफै यस बारेमा भनेकी थिइन्। उनले नाम नलिएरै रणबीरसँग के भएको थियो भन्ने बारे बताएकी थिइन्।
एक अन्तर्वार्तामा दीपिकाले आफूलाई धोका दिइसकेपछि माफि मागेकोसम्म खुलाएकी थिइन्। 'मेरो लागि सेक्स भनेको केवल शारीरिक मात्र होइन। यसमा इमोसन पनि जोडिएको हुन्छ। म जब कुनै सम्बन्धमा रहँदा उसलाई कहिले धोका दिइन। धोका दिँदा वा झुटा बोल्दा म सम्बन्धमा नै रहन सक्दैन। तर, सबै मजस्तै हुँदैनन्। त्यसैले मैले पहिले केही दु:ख पाउनुपर्यो। म पागल नै रहिछु। उसलाई रंगेहात समात्दा पनि अर्को मौका दिए।'
आफूसँग मायाको भिख माग्दा भाफि दिनु आफ्नो ठूलो गल्ती भएको उनले बताएकी छन्। उनले उक्त पीडाबाट आफूलाई बाहिर आउन केही समय लागेकी बताएकी छन्।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७