थारु समुदायको नयाँ वर्ष तथा माघि पर्वका अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार गाउँपालिकामा बसेको हिउँदे अधिवेशनले कैलारी गाउँपालिकामा पुस २९ देखि माघ २ गतेसम्म बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए।
माघ १ गते भने संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७