मोटरसाइकल चोरीमा संलग्न गहिरोका सातजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका-६ का मनिष गिरी, रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षितिज भनिने रोशन तामाङ र ८ का रोशन बुढाथोकी छन्।
त्यसैगरी पाँचथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दीप लिम्बु रहेको इलाका प्रहरी कार्यालय डिएसपी डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरूले सबै झापाको बिर्तामोडमा डेरा गरेर बस्ने व्यक्ति भएको डिएसपी रिजालले बताए ।
उनीहरू चोरेर झापा लगायत विभिन्न जिल्ला पुर्याएका १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीले १५० सिसीको २ वटा अपाचे, २२० सिसीको २ वटा पल्सर र बाँकी १५० सिसीको पल्सर मोटरसाइकल नियन्त्रणमा लुएको हो।
धमाधम मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले केही दिनदेखि सर्च अभियान नै चलाएको थियो।
बिर्तामोडमा डेरा गरी बस्दै आएका युवाले मोटरसाइकल चोरीको धन्दा नै चलाएको अनुसन्धानबाट खुलेको बताउँदै डिएसपी रिजालले जनाए।
प्रहरीले शनिबार पाँच जनालाई इलामबाट पक्राउ गरी झापा ल्याएको हो। दुईजना झापाबाटै पक्राउ परेका हुन्। सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी रिजालले बताए।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७