भरतपुस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत स्टाफ नर्स लक्ष्मी जोशी मृत अवस्थामा फेला परेकी छिन्।
२३ वर्षीया जोशी चितनवनको कृष्णनगरमा आफ्नै डेरामा सोमबार झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
अस्पतालकी नर्सिङ इन्चार्ज सविता पन्थीका अनुसार उनी सोमबार ३ बजे मृत फेला परेकी हुन्को।
‘हिजो उहाँको १ बजेको ड्युटी थियो। ३ बजेसम्म पनि अस्पताल आउनु भएन,’ उनले आयोमेलसँगको कुराकानीमा भनिन्, ‘ साथीभाइले खोजी गर्दा डेरामा पङ्खामा झुटिएको अवस्थामा भेटियो।’
उनका अनुसार मृत्युको कारण भन्ने अझै खुल्न सकेको छैन।
अस्पतालबाट २०७६ असार २२ सेवा दिँदै आएकी थिइन्। उनी स्थायी कर्मचारी हुन्।
नर्स जोशी विगत डेढ वर्षदेखि अंकोलोजी युनिटमा कार्यरत थिइन्।
उनी साथीसँगै बस्दै आएकी थिइन्।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७