नेपाली सेनाले आजबाट सम्पदा संरक्षण तथा व्यवस्थापन अभियान सुरु गरेको छ। नेपाली सेना गुरुजुको पल्टन शार्दुल जंग गुल्म तथा हनुमानढोका दरबार क्षेत्रको संयोजन तथा सम्बन्धित निकाय, स्थानीय संघसंस्था, व्यवसाय सबैको सहकार्यमा विश्व सम्पदा क्षेत्रलाई हरियाली गर्ने र त्यहाँ भएका समस्यालाई कार्यदल बनाई समाधान गर्ने उद्देश्यले आजबाट सम्पदा संरक्षण तथा व्यवस्थापन अभियान सुरु गरिएको सेनाले जनाएको छ।
अभियानअन्तर्गत त्यस्ता क्षेत्रमा पार्किङ निषेध गर्ने, आकस्मिक सवारीबाहेक अन्य सवारी आवागमन निषेध गर्ने, फुटपाथमा रहेका अव्यवस्थित पसल हटाउने, सरसफाइमा ध्यान केन्द्रित गर्ने आदि कार्य रहेका छन्।

















